6/22/08

यसपालीको बन्द

धेरै समयपछि यसपाली बन्दको अनुभव गर्न पाइयो । गाडिभाडा बढेको कुराले गर्दा दुइ फरक फरक आयोजकले यातायात बन्दको आयोजना गरेका थिए । बन्दको क्रममा रमाइला घटनाहरु पनि प्रसस्तै देखिए । सधैं सडकमा मोटरहरुको घुँइचो देखिने सिंहदरबारमा यसपाली बाख्राहरुको घुँइचो देखियो ।

रिक्सावालाहरुले पनि यसपाली राम्रै कमाउने अवसर पाए होलान् । कुपण्डोलछेउछाउमा यी रिक्सावालाहरु यात्रु पाउने दाउमा रहेका थिए ।

त्यसो त प्रेमालापमा मग्न हुनेहरुले पनि राम्रै मौका पाए । गर्मीको माहौलमा छाता ओढेर मायालुको न्यानो अँगालोमा कुपण्डोलको पुलमा हिड्नेहरु पनि प्रसस्तै भेटिए ।

0 comments:

Post a Comment