4/21/11

जगदीशपुर ताल

नेपालकै मानवनिर्मित ठूलो ताल कपिलवस्तुको जगदीशपुर ताललाई केही मिनेटसम्म अवलोकन गर्ने मौका पाइयो । विहान ११ बजेतिर तालमा पुग्दा त्यो ठाउँ सुनसान थियो । विश्व सम्पदा सूचीमा सूचीकृत जगदीशपुर ताल सिमसार क्षेत्रमा पनि पर्दछ । त्यहाँ पुगेको बखत खिचिएका केही तस्वीरहरूः


जगदीशपुर तालको दृश्यहरू
तालको छेउमा रहेका खेतमा देखिएका सारसहरू

यस ताललाई अलिक व्यवस्थित गरेर, बोटिङ गर्ने व्यवस्था मिलाए गजव हुन्छ भन्ने अनुभव भएको छ । यसलाई लभ लेक (प्रेमताल) को रूपमा पनि त विकास गर्न सकिन्छ नि । मानिसले नै बनाएको यो ताल यसरी अव्यवस्थित हुने हो भने त सवै लगानी खेर गएन र?