8/27/07

ओरालो बाटो तिर लम्कदै छ ‘तानसेन’

By Deepak Aryal

मलाई प्रष्टसँग थाहा छ, यो लेख पढेपछि कतिपय पाल्पालीहरूले मलाई गाली गर्नेछन्। त्यसो त कतिपयले ठीकै हो पनि भन्‍लान्। मलाई व्यक्तिगत रूपमा कुनै व्यक्तिको वा कुनै विशेष ठाउँका वासिन्दाहरूलाई लिएर उनीहरूको संवेदनशीलतामा प्रहार गर्ने अधिकार छैन। तथापि, जताततै आलोचना गर्ने बानी परेकाले होला नराम्रा कुरा देखेमा त्यसका विरूद्धमा लेख्‍नु पर्छ भन्‍ने मलाई लागेको छ। पाल्पाका वारेमा धेरैले धेरै कुराहरू लेखेका छन्। कतिले चाहिने भन्दा बढी गुणगान गाएका छन् त कतिले बढी नै गाली पनि। प्राकृतिक हिसाबले पाल्पा राम्रो ठाउँ हो भन्‍ने कुरामा दुईमत छैन, विशेषगरी जम्मा ३५-४० किलोमिटर टाढाको दूरीमा रहेको बुटवल (रूपन्देहि) जस्तो गर्मी ठाउँबाट पुग्न सकिने भएकाले र मौसम प्राय: उस्तै रहने (न त गर्मी, न त बढी नै जाडो) भएकाले पनि वातावरणीय दृष्टिकोणले यसलाई मान्छेहरूले मनपराउँछन्।
तर, पाल्पाको प्राकृतिक वातावरणले मान्छेहरूलाई जति आकर्षित गर्छ, शहरभित्रको व्यवहार, सोचाइ, भनाइ वा मान्छेका कृयाकलापले पाल्पा प्रति उत्तिकै विकर्षित पनि गराउँछ। म यसै भन्‍न सक्दिन र विश्लेषण पनि गर्न सक्दिन, मान्छेहरूले पाल्पा किन छाडिरहेका छन्? के मात्र जागीर वा रोजीरोटीका लागि हो? के पाल्पामा कुनै त्यस्तो अवसर सृजना गर्न सकिन्न वा सकिदैनथ्यो जसका कारणले उनीहरूले पाल्पा छोडे र छोडिरहेका छन्? पाल्पाबाट बुटवल झरेका रूपकिशोर लाकौल वा काठमाडौं तिर निस्किएका कक्षपतिहरू मात्र होइनन्, पृथ्वीराज लिगल, मोहनमान सैजुँ, वा नयाँ पुस्तका कसजू दाजुभाई के सबैलाई पाल्पाप्रति मोह वा माया नभएको हो? के उनीहरू काठमाडौं र आफ्नो पेशमा मात्र रमाएको वा रमाउन खोजेको हो?पाल्पाबाट हेर्‍यो भने उनीहरूलाई गाली गर्न सकिन्छ वा भन्‍न सकिन्छ, ‘पाल्पालाई फर्केर कसैले हेर्दैन, पाल्पाको लागि कसैले केही गर्दैन’। तर मेरो प्रश्न के हो भने, पाल्पाभित्र बसेर कसैले कुनै काम गर्न सक्ने वातावरण छ कि छैन? पाल्पामै बस्नेहरूले दीर्घकालीन सोचाइ सहितको कुनै एउटा पनि काम गरिरहेका छन्? पाल्पालीहरूको व्यवहार कस्तो छ? पाल्पालीहरूको मानसिकता कस्तो छ? मैले म पाल्पाली भएका नाताले भन्नु नै पर्छ, पाल्पालीहरूको व्यवहार सारै छुद्र र दरिद्र बन्दै गएको छ। मैले केही कुराहरूको विश्लेषण गरिरहेको छु, मान्छेले पाल्पा छोडेपछि पाल्पालाई किन हेर्न खोज्दैन भन्‍ने कुराको।
पहिलो उदाहरण, धिरेन शाक्य- धिरेन शाक्यलाई अझैपनि सबैभन्दा मन पर्ने ठाउँ कुन हो भनेर सोध्यो भने पाल्पा भन्छन्। तर, पाल्पालीहरूले धिरेन शाक्यलाई गर्ने व्यवहार कस्तो छ? न त धिरेन शाक्यलाई आजको धिरेन शाक्य बन्‍नु भन्दा पहिले पाल्पाले इज्जत दिन जान्यो न त अहिले नै जानेको छ। धिरेन शाक्य हाम्रो लागि तानसेनको कुनै गल्लीमा घर भएको, हिजो हामीसँगै तल र माथि घुमी हिड्ने अल्लारे केटा थियो होला, तर अहिलेको परिस्थिति फरक छ र त्यो फरक परिस्थितिलाई पाल्पालीहरूले कहिल्यै बुझ्न जानेनन् र जान्दैनन्। जब धिरेन शाक्यलाई धरान वा पोखरामा बढी इज्जत हुन्छ भने ऊ सधै भरि पाल्पाका लागि ऋणि हुनु पर्छ भन्‍ने जरूरत छैन। यो मानसिक सन्तुष्टिको कुरा हो। कसैलाई श्रृनगर राम्रो लाग्ला र भनिदेला ओहो, ‘पाल्पा त क्या राम्रो छ’। तर, कसैलाई त्यहाँ हुने साना-साना व्यवहारले दिक्क बनाउला, नराम्रो लाग्ला र भनिदेला, ‘पाल्पा त राम्रो छ तर, तानसेनबासी भने त्यस्तै हो’।

दार्जिलिङ
जससँग पाल्पा तानसेनको तुलना गर्ने गरिन्छ।
त्यसैले प्राकृतिक सौन्दर्य मात्र कुनै ठाउँको पहिचान होइन। त्यस ठाउँका मान्छेहरूको व्यवहार पनि त्यस ठाउँलाई राम्रो बनाउने वा नबनाउने भन्ने कुरामा उत्तिकै जिम्मेवार रहेका हुन्छन्। दार्जीलिङ र हामीमा त्यो फरक छ। उनीहरूले कम्तिमा उनीहरूकहाँ जाने हर पर्यटकलाई राम्रो व्यवहार गर्छन्, राम्रो बोल्छन् र आफ्नै हो भन्ने विश्वास दिलाउँछन्। पाल्पाले अन्य ठाउँबाट धेरै कुराहरू सिक्नु पर्छ। अझ खासगरी, पाल्पा छाडेर गएपछि सफल बनेका कक्षपति, लाकौल, कसजु वा अन्य अन्यबाट सुझाब लिन र ग्रहण गर्न सक्नु पर्छ। यसको यो अर्थ होइन कि पाल्पा छाड्नेहरू सबै असल नियतका छन् र उनीहरूले पाल्पालाई उत्तिकै माया गर्छन्। तर, मैले कम्तिमा केही मान्छेहरूलाई भेटेको छु र वहाँहरूको भावना बुझेको छु। मैले वित्‍नु भन्दा केही महिना पहिले डा महेन्द्र प्रधान, रूपकिशोर लाकौल (बुटवलमा), लोकेन्द्रमान सिंह तथा केशरजङ्ग रायमाझी र अन्य केही युवाहरूलाई पनि भेटेको छु। वहाँहरूले पाल्पाप्रति गर्नुहुने र देखाउनु हुने श्रद्धा, माया, स्नेह वा सद्‌भाव बडो गजबको छ तर सबैका गुनासाहरूसँगै नमिठा अनुभव र उदेकलाग्दा विगतहरू पनि छन्।
आफूले जन्मेको हुर्केको भनेर गर्व गर्ने, मन पराउने र माया गर्ने एउटा कुरा हो, तर, त्यससँगसँगै अन्य सामाजिक, राजनीतिक वा व्यावहारिक पाटाहरू पनि जोडिएर आउने गर्छन् त्यसले मान्छेहरूलाई कुनै ठाउँ वा व्यक्ति विशेषसँग टाढा वा नजिक गराउँछ। म कलकत्ता आउनु भन्दा करिब ४ दिन अगाडि माधब अर्याल र कविराज नेपालद्वारा प्रकाशित दुई समाचार पढ्दै थिएँ। तानसेन बहुमुखी क्याम्पस र यसमा विद्यार्थीहरूको न्युन भर्नाका बारेमा लेखिएको समाचार थियो त्यो। मलाई यो समाचारले केही स्तब्ध बनायो र केही अचम्म पनि लाग्यो। पहिलो कुरा, नेपाली पत्रकारहरू अझ पाल्पाली पत्रकारहरू यति ढिला कुरा किन बुझ्छन् र यति ढिला किन समाचार बनाउँछन् मलाई अचम्म लाग्छ। यो कुनै आजको घटना वा आजको समाचार होइन र यो बर्ष मात्र विद्यार्थी घटेको होइन्। यो त निरन्तर घट्तै थियो र यो वर्षमात्र प्रष्टसँग देखियो। जे होस्, धन्न दुई जना पत्रकारहरूले भए पनि केही देखेछन्। मेरो विचारमा अन्य पत्रकारले त यो कुरा देखेकै छैनन् र देखे पनि लेख्दैनन्। यो पाल्पा र पाल्पालीहरूको विडम्बना हो। सबैले सबैलाई चिनेका छन् र सबैले सबैलाई पछाडिबाट कुरा काट्न मनपराउँछन् तर टेबलमा बसेर बहस गर्न, छलफल गर्न वा देखेका कुरा बोल्न र लेख्‍न सक्दैनन्। सबैलाई आफू ठूलो वा वरिष्ठ भएको दम्भ छ अथवा कतिपयलाई आफू लोकल भएकोमा पनि घमण्ड होला। कतिपयले मैले बाहेक तानसेन कसैले बुझेको छैन पनि भन्दा हुन्।
म पाल्पा क्याम्पसको विद्यार्थी थिएँ र पाल्पा क्याम्पसमा पहिलो पटक (दोस्रो पनि हुन सक्छ, मलाई राम्रोसँग हेक्का छैन तर योगराज कंडेलले कोषाध्यक्षमा जिते जस्तो लाग्छ) नेविसंघले चुनाव जितेको थियो। मलाई (त्यो बेला धेरैलाई) सबैभन्दा मन पर्ने मान्छे भनेको ‘योगराज कंडेल’ थिए। मेरो विचारमा उनी इमान्दार पनि थिए, र लोकप्रिय पनि। सोही समयको आसपासमा धीरेन्द्र सरले श्रीनगर विज्ञान उच्च मावि खोल्नु भएको थियो। मैले योगराजजीसँग मात्र होइन अन्य कैयौं मान्छेसँग भनेको थिएँ, ‘यो त राम्रो भएन’। ‘पाल्पामा पहिले नै राम्रो साइन्स क्याम्पस छ भने त्यसलाई अझ राम्रो बनाउनुको सट्टा सोही क्याम्पसमा पढाउने शिक्षकहरू राखेर प्राइवेट क्याम्पस किन खोलेको वा किन खोल्नु पर्यो?’ मेरो नजरमा धीरेन्द्र सर पाल्पामा शैक्षिक क्षेत्रमा निकै ठूलो र प्रतिष्ठीत नाम हो, तर बिडम्बना वहाँले नै त्यो गरिदिनु भयो। पाल्पा क्याम्पसमा साइन्समा स्नातक पढाइ हुँदासम्म बुटवलमा शायद साइन्सको पढाइ हुदैनथियो, तर बुटवल क्याम्पसमा अब मास्टर डिग्री पढाउने बेला भयो पाल्पा क्याम्पसको हालत दिनानुदिन खस्कदो छ र अब कुन दिनदेखि विद्यार्थी नपाएर स्नातक र इन्टर पनि बन्द हुनु पर्ने हो। यस्तो अवस्थामा पाल्पाली बुद्धिजिबी, पाल्पाबासीलाई गाली नगरेर कसलाई गाली गर्ने? के यसको दोष पनि सरकारलाई, पृथ्वीराज लिगल वा मोहनमान सैंजुलाई दिएर उम्कन पाइन्छ? यसको दोष प्रत्येक पाल्पालीले अझ विशेषगरी तानसेनबासीले लिनु पर्छ, किनभने उनीहरूले यो देखिरहेका थिए र भविष्यमा यस्तो हुँदैछ भन्‍ने कुरा पनि उनीहरूलाई थाहा थियो।

तानसेनका शीक्षितवर्गहरू मिलेर भताभुङ्ग पारिएको ऐतिहासिक कलेज जसले कुनैबेला पाल्पाबाट होनाहार विद्यार्थीहरू जन्माएको थियो।
अझ उदेक लाग्दो र अविश्वसनीय कुरा त योगराजले मलाई त्यतिवेला सुनाए, जब एकजना मुस्लिम समुदायको मान्छेले पाल्पा क्याम्पसमा टपेको थियो जसलाई फकाइदिनका लागि धिरेन्द्र सर आफैले योगराजलाई अनुरोध गर्नु भएको थियो। मेरो गल्ति यो थियो कि, मैले उक्त घटना-पछाडि उक्त विद्यार्थीले कहाँ पढ्यो भनेर पत्ता लगाउने कोशिस गरिन, तर मेरो विचारमा उसले श्रीनगर उच्च मावि मै पढ्यो, किन भने त्यहाँ दिइने सुविधा र फ्रिसिपका बारेमा पनि केही ‘वार्गेनिङ’ हुँदै थियो। यो प्रसङ्गमा योगराजले दिक्क मान्दै भनेका थिए, ‘यस्तो ठाउँमा के हुन्छ?’ यो पाल्पाको अर्ध सत्य हो। धेरैले विश्वास गर्न नसक्ने, अपत्यारिलो, तर सत्य घटना।
आज चोलेश्वर शर्मादेखि रामप्रसाद ज्ञवालीसम्म, जनपुकार मुननकर्मीदेखि धेरै पढैया विद्यार्थीहरूले मान्ने र मन पराउने शारदा सर सम्म सबैले सरकारी र प्राइवेट कलेजका पैसा खाइरहेका छन्। यो नेपाल हो, अझ यसमाथि पनि यो ‘पाल्पा’ हो। यहाँ कसैले कसैका बारेमा कुरा उठाउन चाहँदैन, पाउँदैन। यो पढेलेखेका र शिक्षितहरूको शहर हो। यो शिक्षाको नारा बोकेर वर्षौदेखि जहाँको तहीँ उभिएको र अझ एक दशकसम्म त्यहीँ ठाउँमा उभिने शहर हो। किन भने यहाँ सबैले सबैलाई चिनेका छन्, ‘तँ पनि चोर, म पनि चोर’, ‘तँ पनि फटाहा, म पनि फटाहा’, त्यसैले हामीले मिलेर पाल्पाको उन्नति गर्नु पर्छ। मैले कसैको विरोध गरें भने फेरि भोलिका दिनमा मेरा छोराछोरी नपढाइदेलान्, कुनै औषधी पसलमा मेरो उपचार नगरिदेलान्, कुनै सरकारी कार्यालयमा सिफारिस नदेलान् त्यसैले ‘तैँ चुप, मै चुप’। के कुनै व्यापारीले आफ्नो व्यापार विगारेर सरकारी कार्यालय (कलेज) राम्रो बनाउने सोच्न सक्छ? यो सामान्य नियम हो, वहाँहरूको दोष होइन। वहाँहरूले आफूले लगानी गरेको ठाउँलाई बढी प्राथमिकता दिनु भएको छ, कलेज त सरकारले लगानी गरेको भइहाल्यो त्यसमा किन ध्यान दिने अथवा त्यो किन नै राम्रो हुनु पर्यो र?
अब धिरेन्द्र सर जस्तो मान्छेले वृहद् र उदार शैक्षिक क्रान्तिको बाटो खुला गरिदिएपछि अन्यको के कुरा? अरूले पनि शुरू गरे र राम्रोसँग नाफा कमाइरहेका छन्। आखिर जसरी पनि नाफा कमाउनु र आफ्नो घरपरिवारको राम्रो गर्नु न हो। योगराज तथा अन्यसँग मैले त्यतिखेर भनेको थिएँ, कम्तिमा पाल्पामा नभएका अन्य विषयहरू पाल्पामा ल्याइदिए कति राम्रो हुने थियो? तत्कालिन अवस्थामा एउटा राम्रो टेक्निकल कलेज खुलेको भए पाल्पाको इज्जत अर्कै हुने थियो तर अब पाल्पाली र पाल्पा वरपरका विद्यार्थीहरूले साइन्समा मास्टर गर्न पाल्पा छाड्नु नै पर्ने भयो। अनि एकचोटि पाल्पा छाडेपछि पाल्पा फर्कने सम्भावना कम रहन्छ। त्यसैले कतिपय कुरा वा परिस्थितिको जिम्मेवार पाल्पावासी स्वयं नै हो यसलाई पाल्पावासीले मनन गर्नुपर्छ। नयाँ कुरा ल्याउन त परै जाओस्, कुनै वेला पाल्पामा रहेको नर्सिङ क्याम्पसलाई जोगाउन सकिएन, उसो त मिशनले यो फेरि शुरू गरेको छ।
करिब सन् १९९० तिरको डाटा हेर्ने हो भने पाल्पा क्याम्पसको पुस्तकालयमा करिब ६०,००० पुस्तक थियो, तर अहिले त्यो घटेर करिब ३०,००० मा पुगेको छ। यो भन्दा लाजमर्नु, यो भन्दा घिनलाग्दो र दिक्क लाग्दो के हुन सक्छ पाल्पाका लागि। अझ पनि पाल्पाले ठूला-ठूला स्वरले स्वास्थ्य, शिक्षा र पर्यटनको नारा दिइरहेको छ। संसारका जुनसुकै पुस्तकालयमा पनि पुस्तकहरू बढ्ने गर्छन् तर पाल्पामात्र त्यस्तो ठाउँ हो जहाँ पुस्तक घट्टछन्। उता धवल पुस्तकालयको के कुरा गर्नु? अब नाम र भवन बाहेक शायदै केही कुराहरू पनि अस्तित्वमा रहेका छैनन्। कुनै बेला प्रसिद्धि कमाएका कैलाशनगर, बसन्तपुरका पुस्तकालयहरूको अस्तित्व त अब कतै देखिदैन।
बडो गजबको प्रतिस्पर्धा छ पाल्पालीहरू माझ। नयाँ सोच्ने वा नयाँ आइडिया केही नभएजस्तो एउटाले कुनै कुरा खोल्यो भने अर्कोले खोलीहाल्नु पर्ने। करिब २५ वटा पुस्तकपसलहरू छन् तानसेन भित्र २५-३० हजार जनसंख्याका लागि। उसो त यसले पाल्पा जिल्ला र अन्य जिल्लाका लागि पनि व्यापार गरिरहेको छ भन्दा हुन् व्यापारीहरू, तर यो मात्र कारण होइन। कसले के मा नाफा गरिरहेको छ? त्यो हेर्छन् र नजिकै अर्को खोलिहाल्छन्। केही बर्ष अगाडिसम्म एउटा इमेल प्रिन्ट गर्दा तानसेन स्थित ‘बेकन’ले ८० रूपैयाँ लिएको थियो, आज त्यही तानसेनमा करिब ६ वटा साइवर क्याफे सञ्चालनमा छन्। कति नाफामा छन् र ग्राहक कति छन् थाहा छैन? तर पहिले कम्पिटिशन गर्नका लागि जथाभावि साइबर खोलेपछि पछि युनियन बनाएर पैसा (रेट) फिक्स गर्नुको के अर्थ हुन्छ? तर यहाँ भइरहेको छ। जति कम्पिटिशन गर्यो जनताका लागि त्यति फाइदा हो, तर उनीहरू जनताका लाग कम्पिटिशन गर्दैनन्। यस्ता खालका अनेकौं उदाहरणहरू नेपालका अन्य ठाउँमा कत्तिको पाइन्छ तर पाल्पामा यस्ता घटनाहरू पाइला-पाइलामा पाइन्छन् र यो पाल्पाको विशेषता पनि हो। यसैमा पाल्पावासीलाई गर्व भएजस्तो देखिन्छ। यसैमा आत्मसन्तुष्टी भएजस्तो देखिन्छ।

यस्तै-यस्तै कुराहरूका माझ ‘टुरिजम सेक्टर’ को विकासका लागि केही गर्ने अठोटका साथ एक्लिनु भएका मनमोहन सर र यसै सेक्टरमा लाग्ने अन्यसँग केही प्रश्नहरू गर्न मन लाग्छ। आखिर पाल्मामा के छ जो अन्यत्र छैन जुन कुरा हेर्न वा घुम्नका लागि पाल्पा आउने? के हिमाल हेर्न पाल्पा आउने, के मन्दिर हेर्न पाल्पा आउने, के माडी हेर्न पाल्पा आउने? अथवा मगर संस्कृति हेर्न? कति पुरानो र थोत्रो बसमा चढेर आउने? अहँ, २० वर्षदेखि चलिरहेका तानसेन-बुटवलका बस फेर्न वा अलि राम्रो राख्‍नका लागि कुनै पहल आजसम्म कसैले गरेको छैन। के तानसेन घुम्नका लागि आफ्नै प्राइवेट गाडी लिएर आउनु पर्ने हो? होइन भने सजिलोसँग तानसेन घुम्न के गर्नु पर्छ? अथवा, के श्रीनगर वा मिलेनियम र तानसेन बहुमुखीमा पढ्नका लागि पाल्पा आउने? अथवा स्टाफ नर्स गर्नका लागि मात्र तानसेन आउने? आखिर के का लागि, कसरी, किन तानसेन आउने? हामीसँग त्यस्तो के छ जुन नजिकै अन्य जिल्लामा छैनन्?
कुनै बेला तानसेनमा अलि पर्यटक हुने गर्थे, किनभने मिशनमा आउने विदेशीहरूले प्रचार गर्थे, बाहिरबाट आएर पाल्पामै पढेका विद्यार्थीहरूले प्रचार गर्ने गर्थे। तर पाल्पा र पाल्पालीहरूले बाहिरबाट आउने मान्छेहरूका लागि विस्तारै बाटो बन्द गर्दैछ। पाल्पा बहुमुखी क्याम्पसको पतन र अन्य साना-साना (इन्टर, स्नातकसम्म मात्र पढाइ हुने र कुनै त्यस्तो विशेषता नबोकेको सामान्य) कलेजहरूको उन्‍नति हुनु यसको शुरूवात मात्र हो। प्रतिक्षा गरौं अब धेरै वर्ष कुर्नु पर्दैन, पाल्पामा आउने मान्छेहरूको चाप घट्नेछ जसले पाल्पामा भाडाका घरहरू सस्तो हुनेछन्। पानीको समस्या पनि केही कम हुनेछ, ट्राफिक जाम वा भिडभाडको समस्या पनि केही कम हुनेछ र फोहर मैला वा अन्य धेरै समस्याहरू विस्तारै कम हुँदै जानेछन्। कल्पना गरौं त्यो दिनको, जहाँ विशुद्ध पाल्पाली र तानसेनबासीहरूले तानसेनमाथि राज गर्न पाउनेछन्। आखिर धेरै जसो समस्या नै मान्छेको अत्याधिक जनसंख्याले निम्त्याउने न हुन्। हुन त मेरा धारणाहरू अलि बढि नकारात्मक भयो होला तर अब बहस गर्ने बेला भइसकेको छ। अब, नयाँ पुस्ताले हस्तक्षेप गरेन, कराएन वा बोलेन भने पुराना पुस्ताले पाल्पा वा तानसेनको अस्तित्व संकटमा पार्नेछन् भन्‍ने लाग्न थालेकोले यो प्रस्तुत गरेको हो। यसमा सुझाव, गाली, माया वा खुला बहसका लागि हामी सबै तयार हुन जरूरी छ। खुला बहसले नै सभ्य र शिक्षित समाज तथा सुयोग्य नागरिकको सृजना गर्नेछ।
अस्तु।।।
(नोट: धिरेन्द्र श्रेष्ठ र चोलेश्वर शर्मा दुवै जना क्याम्पस प्रमुखका रूपमा उक्त क्याम्पसमा कार्यरत हुनुहुन्थ्यो र हाल सो संस्थासँग कुनै न कुनै रूपले आवद्ध हुनुहुन्छ। )

8/22/07

Bus Accident in Palpa

24 killed in Palpa mishap identified so far


PALPA, Aug 21 - Altogether 24 out of 25 persons killed in Monday’s bus accident in Palpa district have been identified so far, police involved in rescue operation said.
. One of the three, who were in critical condition, Yuwa Regmi, a resident of Rimuwa VDC-8, have been referred to the capital for further treatment, said the hospital sources. While the other two critically injured Himlal Bika from Mankot-6 Gulmi and Sher Singh Thapa from Juvung in Gulmi districts are being treated in the Mission Hospital. Thirty-one injured are under going treatment in the Mission Hospital at Tansen, the district headquarters. Most of them have head injuries. Twenty-Five commuters have returned home after treatment.
It has been confirmed that the number of passengers traveling in the bus was 81, including those inside the bus and on the top of the bus. The bus (Lu 1 Kha 3076) was going to Tamghas, Gulmi district headquarters, from Butwal when it veered off the Palpa-Tamghas road and plunge some 300 meters down into a stream.
16 died on the spot, 6 passengers died while being rushed to hospital and three more died while undergoing treatment.“The accident occurred after the driver suddenly accelerated the bus near a landslide site “an injured passenger said.
The bus driver admitted that the speed led to the accident but it was “to escape stones rolling down from the hills.”
He is now in the police custody.
Meanwhile, blood is getting scarce in Palpa.
"The mission hospital lacks enough blood for the injured ones. So we have requested the people to donate blood," said DSP Bhim Prasad Dhakal.
The list of identified dead persons:
1. Basi Sara Thapa, 53, Baglung
2. Krishna Kharel, 50, Palpa3. Sabitra Kunwar, 18, Gulmi
4. Baburam Gyawali, Gulmi
5. Seer Bahadur Thapa, 28, Kapilvastu
6. Hari Kala Thapa, Gulmi
7. Amrit Thapa, 3, Gulmi
8. Bishnu Khati, Tansen
9. Uma Kanti Tandon,42, Gulmi
10. Devaka Kunwar, Nawalparasi
11. Rasu Tonson, 4, Gulmi
12. Janga Bahadur Gautam, Gulmi
13. Mohan Singh Khatri, Gulmi
14. Rama Adhikari, Arghakhanchi
15. Mina Khatri , Gulmi
16. Gita Poudel, Rupandehi
17. Hari Kala Ghimire, Gulmi
18. Sapana Ghimire, Gulmi
19. Ashwin Khatri, 2, gulmi
20. Sabitra Devi Khadka , Gulmi
21. Bal Bahadur Rajali, Gulmi
22. Harka aBahadur Rana, Syanjha
23. Ram Prasad Khanal, Rupandehi
24. Bhim Bahadur Rai, Morang
(Extracted from ekantipur.com)