9/23/08

परीक्षा सकियो।

बल्लतल्ल एक महिना लगाएर बीए दोस्रो बर्षको परीक्षा सकियो। भदौ २ देखि शुरु भएर असोज २ गते एक महिना लगाएर परीक्षा सकिएको हो। लिखित परीक्षा त सकिएको हो तर प्राक्टिकल तिहारपछि रे। क्या गजब छ है नेपालको परीक्षा प्रणाली। १ महिनामा अर्को २ महिना थपेर परीक्षा सकाउने अनि नौ महिनामा रिजल्ट निकाल्ने।

माफ गर्नुस् है ।


धेरै भयो ब्लगमा नलेखेको। अचेल खोइ किन हो ब्लगमा लेख्नै भ्याएको छैन। फुर्सद छैन भन्न नि, त्यति सारै ब्यस्त छैन। निकै भएछ व्लग अपडेट नगरेको। अब त अति नै भयो। यसपालीलाई परीक्षा पनि सकियो। अब त दशैं पनि आउने बेला भयो। देशमा नयाँ सरकार पनि बनिसक्यो। नयाँ बजेट भाषण पनि आइसक्यो। बाढी आएर पूर्वदेखि पश्चिमसम्मका धेरै मानिस विस्थापित भए। यी सवै घटना हुँदा पनि मेरो ब्लग अपडेट भएन। माफ गर्नुस् है ।