9/13/09

म्युजिक भिडियोमा पनि नक्कल

नेपाली सिनेमा उद्योगमा भारतीय सिनेमाहरूको प्रभाव परेको भन्ने कुरा त हामीले सुनेकै हो र अनुभव पनि गरेकै हो । यसो हे्र्दै जाँदा म्युजिक भिडियोमा पनि नक्कल देखियो । हुन त म त्यति धेरै म्युजिक भिडियोको दर्शक होइन तर पनि हेर्दा एउटा नेपाली म्युजिक भिडियोको कथामा हिन्दी गीतको दुरूस्तै नक्कल देखियो । हिन्दि फिल्म शएल (एतबार) को 'सोनिये हिरिये...' बोलको गीतको भिडियोको दुरूस्तै प्रभाव शिशिर योगीले गाएको 'हाँस्नलाई ओठ खोले...' को म्युजिक भिडियोमा देखियो । योगीले गाएको यो गीतको म्युजिक भिडियोको निर्देशन गोविन्द नेपालले गरेका हुन् । धेरै नलेखुँ, यी दुवै भिडियो हेर्नुस् अनि थाहा हुन्छ ।


6/1/09

बन्दको सास्ती

प्रमुख दलका भातृ संगठनहरु मिलेर बनेको नेवाः स्वायक्त राज्य संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण सोमबार काठमाडौं उपत्यकाको जनजीवन प्रभावित छ। यसै सिलसिलामा अफिस आउने क्रममा थापाथली र कुपण्डोलमा देखिएका केही दृश्यहरू

बन्दकर्ताहरूले साइकल समेत चल्न दिएनन् । साइकल कब्जामा लिएर साइकलको हावा फालिदिदैंको यो दृश्य थापाथलीको हो । 


हावा फालिएको साइकल/पृष्ठभूमीमा गुडिरहेको UN को गाडि 

साइकलको हावा फालिएपछि काँधमा बोकेर हिड्रदै गरेका एक युवक

4/9/09

4/8/09

गीती गफ

मलाई मन पर्ने गीतहरु यति धेरै भइसके कि मलाई जुन गीत सुन्यो त्यही गीत मन पर्न थाल्छ। यो पछिल्लो महिना म केही गीतमा अल्भि्करहे। शिव परियारले गाउनुभएको 'अलिकति नजर तिम्रो झुकाएर आऊ...', हेमन्त शर्माको नयाँ गीतहरु 'उकाली, उकालीमा जाँदाजाँदै दाहिनेतिर बर...' 'पाउजु त राम्रो पावैमा, लाली त राम्रो ओठैमा...' यो महिना मैले धेरै सुनेको गीत हो। हिजोदेखि मैले एउटा गीत खोजिरहेको छु।  'उकाली चढ्दा पसीना पुछ्ने तिमी नभए अरु को होला ...'  हिजो साँझ सर्च इन्जिनबाट त्यो गीत कति खोजे, मरे भेटिएन। युट्यवमा भेटिन्छ की भनेर खोज्दा आज विहान त्यो गीत नभेटे पनि दीपक खरेलका केही गीतहरु भेटे।  
 
गरुँ की मीठो भूल, छोउँ छोउँ लाग्यो मलाई अँगालोमा बाँधि राखुँ की 
यो बैंशको फूल टिपुँ टिपुँ लाग्यो मलाइ मनको फूलदानीमा सजाउँ की।  
 
यो गीत मलाइ मन पर्ने गीत हो तरपनि धेरै भएको थियो सुन्न नपाएको। धीत मारेर सुने रिप्ले गरी गरी। मजा आयो। साँच्चे भनूँ भने मीठो भूल गर्न पनि मन लाग्यो। कसैलाई अँगालोमा बाँधेर राख्ने भूल गर्न मन लाग्यो .... तर एक मनले सोचिरहेको छु, आफ्नो मन पर्ने मान्छेलाई कहिले नछुटिने गरी अँगालोमा बाँध्नु पनि भूल हो र? 
 
यो ब्लग लेखिरहदाँ म दीपक खरेलकै अर्को एउटा गीत सुनिरहेको छु। एकैछिन है त, त्यो गीतको शव्दः 
 
तिम्रो मुस्कान आँखाभित्रै छोपुँ छोपुँ जस्तो लाग्यो 
हाम्रो भेटको समयलाई रोकुँ रोकुँ जस्तो लाग्यो  
 
कसैको मुस्कानलाई छोपेर आँखाभित्रै छोपेर राख्ने चाहना भइरहेको बेला यो गीत सुन्न पाउँदा आनन्द आयो। यो गीत अलिअलि पप स्टाइलको, अलिअलि सुगम स्टाइलको छ। बीचबीचमा सुनिने प्रतिक्रियाले यो गीतलाई वास्तवमै सुन्दर बनाएको छ। अँ साँच्ची, मन परेको मान्छेलाई भेटेपछि त्यो समय कहिले नवितोस्, रोक्न पाइँरहुँ भन्ने आभास पनि हुँदो रहेछ। जे होस्, संगीतमा यस्तो शक्ति छ, कस्तो शक्ति भनेर भन्नै नपर्ला। अझै पनि यो गीत मेरो कानमा गुञ्जिरहेको छ। दीपक खरेलका अरु गीतहरु पनि मलाई झलझली याद आइरहेको छ।  
 
तिम्रो हर प्रश्नको जवाफ, मेरो चिठीहरुमा खोज्नु 
यदि चित्त तिमीलाई बुझ्दैन भने, मेरो सामुन्ने आएर सोध्नु... 
 
तिम्रो त्यो हँसिलो मुहारको झझल्को जव आउँदा 
विछोडका कुरा कल्पिन थाल्छन्, तिम्रो तस्वीरले चित्त बुझाउँदा ... 

प्रतिक्षा गर मेरी मायालु
समयले मानिसलाई कहाँ कहाँ पुराउँछ
कहिले हसाँउछ कहिले रुवाउँछ
आँशु र हाँसोको सँगम पनि गराउँछ...

3/3/09

3/2/09

नारायणाहिटी हेर्नेको भीड

सरकारले नारायणहिटी संग्रहालय सर्वसाधारणका लागि खुला गरेको छ भन्ने थाहा पाएर म, मेरा दुइ जना साथीको साथमा पुगे । बाहिर त निकै लामो भीड पो रहेछ । लामो लाइन लागेर टिकट लिएर मात्र भित्र जान पाइँदो रहेछ । म त भित्र नछिरीकनै फर्के । साथीहरू पनि फर्किए । बाहिरका केही तस्वीरहरू 




1/1/09

अफ द बिट

गएको मंसीर १६ देखि २१ सम्म गैंडाकोटमा समावेशी र गुणस्तरीय प्राथमिक शिक्षा विषयक रेडियो पत्रकारहरूको तालिमका बेला खिचिएका केही अफ द बिट फोटोहरू:
गोधुलीपछिको नारायणी
गैंडाकोटबाट देखिएको हिमाल

नवलपरासीको मौलाकालिका मन्दीर र योगी सर, विनय दाइ, म र जया दिदी

गजबको हाँसो: विनय दाइ,, भुपराज सर र जया दिदी

तालिमका केही सहभागीहरू

रूख चढ्ने रहर

मन्दीरबाट फर्किदा बाटोमा

साँझ परेपछि जम्ने दोहोरी

सुन्दरता