मेरो कार्यालयमा यो साता एउटा कुराले निकै चर्चा पायो। भ्यालेण्टाइन डेको सन्दर्भ पनि थियो। चर्चा थियो– कृष्णहरि बरालले लेख्नुभएको एउटा गजल। यो गजलमा देशको चिन्ता र मायालाई राम्रैसँग जोड्ने प्रयास भएको छ। पहिलो नेपाली तारा दीपक लिम्वूले गाउनुभएको र गैरे सुरेशले संगीत गर्नुभएको यो रचना यहाँ राखिएको छ। यसबाट पनि अझ स्पष्ट होला।
यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौ
साँच्चै नबुझ्ने हौ की, नबुझ्ने जस्तै बन्छ्यौ
तिम्रै सुरक्षा गर्न गाह्रो छ यहाँ मलाइ
तिमी धर्ती छोडी माथि आकाशका तारा गन्छ्यौ

भोलिका सन्ततीको आधार खोज्दैछु म
आधार नै हराए तिमी कहाँ रहन्छ्यौ