9/11/07

अहिलेको विश्वमा विकास संचारको सान्दर्भिकता

- विनय कसजू
भारतको पूर्वी समुद्र तटीय राज्य पोण्डेचेरीको एउटा गाउँ नाल्लवधुमा सुनामी महाभूकम्पले उत्पन्न गरेको समुद्री छालको पानी पस्यो तर त्यहाँ कसैको पनि मृत्यु भएन । छाल आउनुभन्दा पहिले नै सबै गाउँलेहरू घर छाडेर सुरक्षित ठाउँमा गइसकेका थिए । जबकी पोण्डेचेरी राज्यमा मात्रै चार सय जनाको ज्यान गएको थियो । विजयकुमारको फोन सन्देशले गर्दा त्यो गाउँमा कसैले अकालमा ज्यान गुमाउनु परेन । उनले केही समय पहिले गाउँको सूचना व्यवस्था गर्ने स्वयंसेवीको तालिम लिएका थिए । सुनामी दुर्घटनाका बेलामा उनी सिंगापुरमा काम गर्थे । सुनामीको छाल सिंगापुरसम्म आइपुगेपछि अनि त्यो छाल भारततिर बढदैछ भन्ने थाहा पाएर उनले आफ्नो गाउँमा फोन गरेर सतर्क गराएका थिए ।
एशिया र हिन्दमहासागरको तटीय क्षेत्रमा त्यस बेला लाखौँ मोबाइल फोन, हजारौँ स्याटेलाइट फोन, करोडौँ इमेल इन्टरनेट, सयौँ भूउपग्रहबाट प्रसारित टेलिभिजन च्यानलहरू सक्रिय थिए । कुनै पनि खबर केही सेकेण्डभित्रै संसारभरि पुर्याउन सकिने संचार संजाल यो क्षेत्रमा उपलब्ध थियो । साथै ह्याम रेडियोका शौखिन संचालकहरूको संख्या पनि निक्कै छ। सुनामी महाभूकम्पबाट उत्पन्न भएको समुद्री छाल इण्डोनेसियाबाट भारतसम्म आइपुग्न दुई घण्टा लागेको थियो । दुर्घटना हुनेबित्तिकै चारैतिर खबर फैलाएको भए दुई घण्टाभित्र समुद्री किनारमा बस्ने धेरै मानिसहरूलाई सुरक्षित ठाउँमा पुर्याउनसकिन्थ्यो । अमेरिकाको हवाई द्वीपमा अवस्थित प्रशान्त सुनामी र्सतर्कता केन्द्र र अन्तर्राष्ट्रिय सुनामी सूचना केन्द्रले पनि भूकम्प र प्रशान्त महासागरमा उठेको छालको बारेमा थाहा पाइसकेको थियो । अमेरिकी भूगर्भविद केन हृयुटनको भनाइ थियो, "भूकम्प र सुनामी आउने समयका बीचमा पर्याप्त समय थियो जसबाट तत्कालै सूचना प्रवाह गरेर धनजनको क्षति कम गराउनसकिन्थ्यो । उपयुक्त र्सतर्कता व्यवस्था भएको भए यस्तो दुर्भाग्य हुने थिएन ।"
विश्वमा सूचना र संचार प्रविधिको यति धेरै विकास भइसक्दा पनि सुनामी महाविनाशको चेतावनी फैलाउन नसक्नुका पछाडि के कारण थिए ? बीबीसी र सीएनएनजस्ता समाचारका प्रमुख माध्यमहरूलाई त्यस बेला इराक, इजरायल, युक्रेनआदि देशमा पश्चिमी पुंजीपति देशहरूको हित/स्वार्थ जोगाउनमै फुर्सद थिएन । स्याटेलाइट टीभी तथा विश्वका प्रमुख संचार माध्यमहरू मनोरंजनको व्यापार गर्नमै मग्न थिए ।
मानिसलाई आफ्नो जीवन सुरक्षित र सुखमय बनाउनका लागि प्रविधि चाहिएको हो, केवल प्राविधिक चमत्कार देखाउन वा मनोरंजनका लागि होइन । ख्यातिप्राप्त विकास पत्रकार टार्जी भिटाची भन्छन्, "पत्रकारिताको मुख्य उद्देश्य मानिसको मुटु र मन परिवर्तन गर्नु हो । दिमागको रुपान्तरण गर्न नसक्ने सूचना जति सबै गफ मात्रै हुन् ।"
मिडियामा के विषयवस्तु प्रवाहित हुन्छ, जनताको लागि कुन विषयवस्तु आवश्यक हुन्छ भन्ने कुरामा ध्यान नदिई केवल सूचना प्रविधिको विकासमा मख्ख परेर सन्तुष्ट हुने तथा मिडियालाई नाफा र सत्ता प्राप्तिको लागि उपयोग गर्ने प्रवृत्ति प्रति सुनामी महाविनाशले तीखो व्यंग्य गरेको छ । वास्तवमा यो अहिलेको विश्व सूचना तथा संचार प्रणालीमाथि नमेटिने दाग हो ।
सन् १९७० को दशकमा नयाँ विश्व सूचना तथा संचार प्रणाली (New World Information and Communication Order) आएको थियो । तर त्यसलाई त्यत्तिकै बदनाम र असफल तुल्याइयो । अहिले इन्टरनेटको युगमा आएर सूचना र संचारमा व्यापारिक तथा राजनीतिक उद्देश्य झन बढेको छ । पश्चिमा नियन्त्रण र प्रभाव रहित स्वतन्त्र र सेवामुखी विश्व सूचना र संचार प्रणालीको उहिलेभन्दा झन बढी खाँचो छ ।
दोस्रो विश्वयुद्धको समाप्तिपछि सुरु भएको विकासको अर्थ, उद्देश्य र मान्यता फेरिँदैफेरिँदै अहिले आएर सहस्राब्दी विकास लक्ष (MDG) मा आइपुगेको छ । अनि त्यही विकासको अर्थ, उद्देश्य, मान्यता र लक्षलाई पछ्याउँदै अघि बढिरहेको विकास संचार अहिले सहभागितामूलक संचार, ग्रामीण संचार, सामुदयिक संचार, गरिबी निवारणका लागि संचार, विकासका लागि आईसीटी, गरिबका लागि आईटी आदि विभिन्न नाम र रूपमा विश्वव्यापी भइरहेको छ । नाम जे भए पनि यसको मूल भावना र उद्देश्य जनतालाई सबल सक्षम बनाउनु हो । प्रजातन्त्र र विकासका हरेक प्रयासमा जनतालाई सहभागी, निर्णायक र लाभार्थी बनाउन सघाउनु नै अहिलेको विकास संचारको मूल उद्देश्य भएकोले यसलाई जनमुखी संचार (Pro-People Media) भन्न सकिन्छ ।
दोस्रो विश्वयुद्धपछि विकासको अवधारणा, उद्देश्य र रणनीतिमा जसरी परिवर्तन भएको छ त्यसरी नै विकास संचारका औजारहरू, सूचना र संचारका प्रविधिहरूमा अकल्पनीय परिवर्तन आएको छ । नेपालमा विकासका लागि संचार नाराकासाथ सुरु भएको विकास संचारको यात्रा गाइने गीत, हरियाली भजनजस्ता परम्परागत माध्यमहरूदेखि लिएर भित्तेपत्रिका, सामुदयिक अडियो टावर, गाउँले पत्रिका हुँदै सामुदायिक रेडियोसम्म आइपुगेको छ । तर यसैबीच सूचना क्रान्तिको रूपमा डिजिटल प्रविधि आएको छ जसले अहिले सम्म मानव सभ्यताले जानेको र उपयोग गरेको संचारका आंगिक प्रविधि (Organic Technology) , पाठ्य प्रविधि (Text), तथा इलेक्ट्रोनिक प्रविधिलाई उछिन्दै सूचनालाई पाठ्य, दृश्य, श्रव्य/ध्वनि, श्रव्यदृश्य आदि विभिन्न रूपमा एकैचोटि हेर्न, पढ्न, सुन्न सम्भव बनाएको छ । यो नयाँ डिजिटल प्रविधिले विश्वको कुनै ठाउँबाट पनि सस्तो, सजिलो र छिटो सूचना र ज्ञान प्राप्त गर्न, भण्डारण, प्रशोधन र वितरण गर्न सकिन्छ । हामीभन्दा पहिलेका पुस्ताले यो सुविधा उपभोग गर्न पाएको थिएन ।
औद्योगिक क्रन्तिले मानिसको जीवनशैली, चिन्तन, ज्ञान, शिक्षा, आर्थिक तथा सामाजिक व्यवस्था, कला, संस्कृतिलगायत जीवनका हरेक अंगमा जुन प्रभाव पार्यो त्योभन्दा अकल्पनीय मात्रामा सूचना क्रान्तिले प्रभाव पार्दैछ । सबैभन्दा महत्वपूर्ण प्रभाव त यसले केटाकेटीको सिक्ने उमेर र क्षमतामा पार्दैछ । सूचना क्रान्तिले मानिसले काम गर्ने, सिक्ने, एकआपसमा संचार गर्ने, व्यापार गर्नेजस्ता हरेक क्षेत्रमा परिवर्तन ल्याउनुका साथै मानव समाज र अर्थतन्त्रलाई नयाँ आकारमा ढाल्ने काम गर्दैछ । यसले समय र दूरीको बन्धनलाई मात्र तोडेको छैन अपितु संसारभरिका मानिसहरूलाई एकआपसमा संवाद गर्न लगाएर उनीहरूबीच आर्थिक, सामाजिक, सांस्कृतिक भेदभावलाई मेट्ने सम्भावना बढाएकोछ ।
सूचना प्रविधिले मानिसको जीवनलाई धेरै सजिलो बनाउँदैछ । सबैभन्दा मुख्य कुरा त यसले समय र भौतिक दूरीलाई मेटाउँदैछ । शिक्षा, सीप, ज्ञान र सूचना प्राप्त गर्न र प्रेषण गर्न अति सजिलो भएको छ । यातायातमा हुने खर्च र समयलाई घटाएको छ । स्थानीय उद्योगी तथा व्यवसायीहरूको उत्पादन र सेवा विश्वबजारमा पुर्याउन थालेका छन् ।
सूचना प्रविधिको उपयोग गरेर सरकारले जनतालाई दिने सेवा बढी प्रभावकारी र द्रुत गतिले प्रदान गर्न सक्छ । यसको उचित प्रयोग गरेर सरकारी, गैरसरकारी निकायहरू र र्सार्वजनिक संस्थाहरू बढी सक्षम, जिम्मेदार र पारदर्शी बन्नसक्छन् । यसले आमजनतालाई आफ्नो मत तत्काल जाहेर गर्ने सुविधा दिएर प्रजातान्त्रिक समाजको निर्माणमा योगदान दिन सक्छ । शिक्षा, मनोरंजन, व्यापार, उद्योगधन्दा, स्वास्थ्य सेवा, राज्य व्यवस्थापन/सुशासन, आमसंचार, मानव स्रोतको विकास, योजना तर्जुमा आदि अनगिन्ती क्षेत्रमा सूचना प्रविधिको उपयोग हुन सक्छ ।
सूचना प्रविधि, विशेष गरी इन्टरनेटले, जीवनका हरेक क्षेत्रमा प्रभाव परिरहेको छ । मानिसहरूले सूचना र ज्ञान प्राप्त गर्ने मात्रै होइन सोच्ने, काम गर्ने, बाँच्ने तरिका, संचार गर्ने, मनोरंजन गर्ने, र्सार्वजनिक जीवनमा सहभागीहुने सबै क्षेत्र र मानवीय गतिविधिहरूमा यसको प्रभाव परेको छ । मोटरबाटोको सुविधा भएपछि गाडी नभएका मानिसहरूले पनि सुविधा पाएझैँ इन्टरनेटमा पहुँच भएपछि कम्प्युटर नभएकाहरूको जीवनमा पनि यसको प्रभाव पर्नु स्वाभाविक हो ।
तर संसारमा विकासशील र विकसित, सम्पन्न र विपन्न देशहरूबीच इन्टरनेटमा पहुँच धेरै नै फरक छ । युरोप र अमेरिकाका २६ देखि ६८ प्रतिशत घरपरिवारको इन्टरनेटको पहुँच छ भने नेपालका एक प्रतिशत घरमा पनि यसको पहुँच छैन । यसको कारण आर्थिक, पूर्वाधारको अभाव, साक्षरता र चेतनाको कमी आदि विभिन्न कुरा छन् । सूचना प्रविधिको नियन्त्रण र संचालन अंग्रेजी भाषामा हुने हुनाले वेबसाइटमा उपलब्ध सामग्रीको उपयोग गर्ने र सूचना प्रविधि चलाउने काममा भाषाको समस्या तडकारो रूपमा देखिए छ । सूचना र ज्ञान प्राप्त गर्ने, जोगाउने र बाँडने यति सजिलो, सस्तो र सुलभ प्रविधि आएपछि संचारबाट पाखा परेका समुदायहरूको सूचना र ज्ञानमा पहुँच बढनु स्वाभाविक हो र प्रविधिको सरलता, सस्तो र सुलभताको दृष्टिले हर्ेदा अब कुनै पनि समुदाय जति विपन्न भए पनि वा जति दुर्ुगम स्थानमा बसे पनि सूचना र ज्ञानको पहुँचबाट टाढा नहुनु पर्ने हो । यो दृष्टिले हेर्दा अब विकास संचार शब्दावलीको सान्दर्भिकता हराएको देखिन्छ । तर वास्तविकता उल्टो छ । सूचना र संचार प्रविधको अकल्पनीय विकास भए पनि विश्वका विपन्न देशहरूमा भौतिक विपन्नतामात्र होइन सूचना र ज्ञानको गरिबीमा पनि नयाँनयाँ हाँक थपिएका छन् ।
जुन देशका अधिकांश जनताको मुख्य चिन्तन नै दुई छाक कसरी पेट भर्ने भन्ने छ त्यो देशका जनतालाई विश्वव्यापी सूचना संजालसँग सम्पर्कित गर्नुको तात्पर्य के हो भन्ने प्रश्न उठाउन सकिन्छ । इन्टरनेट र इमेलको सुविधा पाएर गरिब जनताले के गर्छन् ? के फाइदा पाउँछन् ? देश र समाजको लागि यो विषय कत्तिको महत्वपूर्ण छ ? राज्यका निकायहरू, स्थानीय सरकारहरू, गैरसरकारी संस्थाहरू, पेशागत संघसंस्थाहरूका लागि इमेल र इन्टरनेटको पहुँच कत्तिको उपयोगी र महत्वपूर्ण छ ? यस्ता प्रश्न उठनु स्वाभाविक हो ।विश्व भविष्य समाजका अध्यक्ष एडवार्ड कोर्निस भन्छन्, "ज्ञान अति द्रुत गतिले संसारकै सबैभन्दा बहुमूल्य साधन बन्दैछ । यसले सम्पत्तिको सिर्जना गर्दैछ । यसअघिको आर्थिक आधार बनेको भूमि, श्रम, इन्धन र पूँजीको ठाउँ ज्ञानले लिँदैछ । सूचनाको निर्वाध प्रवाहलाई रोक्न खोज्ने देशहरूले आफैलाई अविकसितताको अवस्थातिर धकेल्नेछन् ।"
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको अध्ययनले पनि के स्पष्ट पारेको छ भने "ज्ञानको गरिबी" एक्काइसौँ शताब्दीको सबैभन्दा घातक गरिबी हुनेछ । उक्त अध्ययनका अनुसार सूचना क्रान्तिलाई अगाडि बढाउने तीन तत्व छन् : अति द्रुत गतिले परिवर्तन भइरहेको प्रविधि, अति उच्च गतिको कार्य सम्पादन क्षमता र घटदो मूल्य ।
"ज्ञान परिवर्तनको उर्जा हो" भन्ने कुरा साबित भइसकेको छ, किनकि ज्ञान, जानकारी वा सूचना फैलिने गतिको वृध्दिसँगै मानिसले नयाँ ज्ञान-विज्ञानको आविष्कार गर्ने गति पनि बढ्दै छ । कुनै समाज कति विकसित छ भन्ने कुरा त्यो समाजका सदस्यहरूले कति मात्रामा ज्ञान र सूचनालाई उपयोग वा उपभोग गर्छन् भन्ने कुराले जनाउन थालेको छ । मानव विकासको सूचक अब भौतिक सुख सुविधाको उपभोग क्षमताको सट्टा सूचना र ज्ञानको उपलब्धता, उपयोग गर्ने क्षमता र पहुँचलाई मान्न थालिएको छ ।
भविष्यविद एल्विन टफ्लर भन्छन्, "वितेका कम्तीमा पनि तीन सय वर्षो समयलाई केलाउँदा सबैजसो औद्योगिक देशहरूभित्र भएका राजनीतिक संघर्षहरू भौतिक सम्पत्तिको वितरणको विषयमा भएका थिए । अहिले आएर, द्रुत गतिले परिवर्तशील तथा सम्पन्न देशहरूमा, आम्दानी र सम्पतिका सबै खालका भेदभावका बाबजुद शक्तिको लागि हुने भावी संघर्ष ज्ञानमा पहुँचको लागि मोडिँदै छ र यो क्रम बढिरहेको छ । यसैले, ज्ञान कसरी कतातिर बग्छ र कस्को लागि बग्छ भन्ने हामीले नबुझेसम्म न त हामीले शक्तिको दुरूपयोगबाट आफूलाई जोगाउन सक्छौँ, न त भोलिको प्रविधिले संकल्प गरेको असल, बढी प्रजातान्त्रिक समाज नै सिर्जना गर्नसक्छौँ । ज्ञानमाथि कसले नियन्त्रण गर्ने भन्ने विषय नै भोलि विश्वव्यापी रूपमा हरेक मानव संस्थानमा हुने शक्तिको लागि संघर्षको निर्णायक विन्दु हुनेछ ।"
निश्चय नै नयाँ सूचना तथा संचार प्रविधिले विपन्न राष्ट्रका जनताका लागि नयाँनयाँ अवसरहरू थपेको छ । संचारलाई जनमुखी बनाउनका लागि नयाँ प्रविधिले अभूतपूर्व योग दान दिनसक्छ र दिन थालेको पनि छ । सुनामीजस्ता प्राकृतिक प्रकोपका बेलामा मात्र होइन विपन्न देशहरूमा व्याप्त गरिबी, जनसंख्या विस्फोट, एचआईभी/एड्सजस्ता महामारी, वातावरणीय विनाश, मानवीय तथा सांस्कृतिक विविधता र विशेषताहरूको विनाश जस्ता व्यापारिक तथा ग्लोबल मिडियाले चासो नलिने तर विपन्न देशहरूका लागि महत्वपूर्ण विषयहरू विश्वव्यापी रूपमा उठाउन, सुनाउन र अभियान चलाउन नयाँ प्रविधि वरदान साबित हुनसक्छ । यसका लागि नयाँ खालको संचार प्रणाली, सकारात्मक र सहयोगी अन्तर्राष्ट्रिय वातावरण साथै नवीनतम सोच युक्त संचार संस्था र संचारकर्मीहरूको जमातको खाँचो छ ।
बंगलादेशमा ग्रामीण बैँक र ग्रामीण फोनले त्यहाँका महिलाहरूमा ल्याएको सकारात्मक परिवर्तनका बारेमा निक्कै चर्चा सुनिन्छ । अन्यत्र पनि नयाँ सूचना प्रविधिले गरिबी, रोग र अशिक्षा घटाउने काममा महत्वपूर्ण योगदान दिएका सफलताका कथाहरू पढ्न पाइन्छ । नेपालमा सुरुदेखिनै सफलता पूर्वक प्रयोग भएता पनि त्यसको व्यापक प्रभाव देखिएको छैन । भित्तेपत्रिकादेखि एफएम रेडियोसम्म विकास संचार र विकास पत्रकारिताका विभिन्न औजारहरूको उपयोग गरेर नेपालले दक्षिण एशियामै उदाहरण देखाएता पनि यहाँका सफलताका कथाहरू एक्लाएक्लै (Individual) छरिएका कुनै एउटा समुदाय र गाउँ वा व्यक्तिका सफलतामा सीमित भएका देखिन्छन् । रेडियो बाहेक अरु कुनै माध्यम व्यापक रूपमा (स्केलमा) लागू गर्न सकिएको छैन । सरकारले दशौँ पंचवर्षीय योजनामा आइ पुगेपछि मात्रै राष्ट्रिय विकासको लक्ष हासिल गर्न सामुदायिक संचारमाध्यमको महत्वलाई स्वीकार गरेको हो ।
नेपालमा यात्रा गर्ने सबैभन्दा सजिलो साधन उड्नु नै हो । यस्तै यहाँ सूचना र ज्ञान फैलाउने र प्राप्त गर्ने सबैभन्दा सजिलो र प्रभावकारी साधन रेडियो तरंग नै हो । यो कुरा यातायातको दृष्टिले मात्रै होइन साक्षरताको दृष्टिले पनि महत्वपूर्ण छ । किन भने रेडियो वा टेलिभिजन हेर्न र त्यसबाट सिक्न साक्षर हुनु पर्दैन । सामुदायिक वा स्थानीय एफएम रेडियो यो क्षेत्रको लागि बिल्कुलै नयाँ तर सबैभन्दा प्रभावकारी संचार माध्यम हो । नेपालले निजी क्षेत्रको रेडियोको विकासमा दक्षिण एशियामै अगुवाइ गरेता पनि यो अहिले आफ्नै सफलताको बन्दी बनेको छ । वर्तमान सरकार संचारका अरु माध्यमहरूभन्दा रेडियोप्रति धेरै असहिष्णु भएको छ ।
डिजिटल प्रविधिले उपलब्ध गराएको महत्वपूर्ण माध्यम इन्टरनेट हो जसको अहिले विश्वव्यापी उपयोग भइरहेको छ । इन्टरनेटमा पहुँच बढाउनका लागि विभिन्न देशमा विभिन्न उपायहरू सफल भएका छन् । तर नेपालजस्तो भौगोलिक, आर्थिक, मानवीय विविधतायुक्त देशमा टेलिसेन्टर, साइबर क्याफे, सामुदायिक रेडियो, सामूहिक श्रवण तथा प्रसारण केन्द्रहरू, क्लब र गैरसरकारी निकायजस्ता निकायहरू प्रविध र जनताको बीचमा बसेर काम गर्ने बिचौलिया निकायहरूबाट सेवा सुविधा प्रदान गर्ने मोडेल सफल देखिएको छ । शहरी तथा अर्द्ध शहरी क्षेत्रहरूमा संचालित साइबर क्याफेहरूले अहिले शहरका मात्र होइन गाउँका मानिसहरूलाई पनि इन्टरनेट सुविधा प्रदान गरिरहेका छन् ।
साइबर क्याफेहरूलाई बढी सुविधासम्पन्न र ग्रामीणमुखी बनाउनु आवश्यक छ । साथै साइबर क्याफेहरू इन्टरनेट र इमेल हेर्ने ठाउँमात्रै नभएर अध्ययन अनुसन्धान गर्ने केन्द्र, पुस्तकालय वा सूचना र ज्ञानालयको रूपमा विकास गर्नुपर्छ । इन्टरनेटमा उपलब्ध सामग्रीहरू आमजनताका लागि सान्दर्भिक, उपयोगी र अनुकूल छैनन् । हामी डाउनलोड गर्ने समाजबाट माथि उठेर अपलोड गर्ने अवस्थामा पुग्नु जरुरी छ ।
कम्प्युटर चलाउने स्थानीय भाषाको बाधाबाट अझै पार पाउन सकिएको छैन । स्थानीय भाषामा चल्ने कम्प्युटर संचालन प्रणलीको विकास नभई सूचना प्रविधिको उपयोग आमजनताले गर्ने सम्भावना छैन ।
डिजिटल प्रसारण सूचना प्रविधिले उपलब्ध गराएको अर्को महत्वपूर्ण औजार हो । स्याटेलाइटबाट प्रसारण हुने यो रेडियो प्रसारण नेपालजस्तो भौगोलिक विकटता भएको देशका कुनाकाप्चासम्म पुर्याउन निक्कै उपयोगी हुनसक्छ । इक्वेल एक्सेसले नेपालमा लक्षित श्रोता समुदायकका लागि उपयुक्त सन्देश/विषयवस्तु (Content) उत्पादन गरी प्रसारण गरेको छ । यसलाई अझै प्रभावकारी बनाउन केही थप काम गर्नुपर्छ । जस्तै : १) स्थानीय रूपमा रेडियो सेट बनाउने वा रेडियो सेटलाई सस्तो बनाउने २) कार्यक्रममा विविधता ल्याउने, विकासे र चेतनामूलक कार्यक्रममात्र नभएर समाचार, राजनीतिक विश्लेषण, मनोरंजनाका सामग्री, शैक्षिक कार्यक्रमहरू समावेश गर्नु पर्छ । सुरुमा एफएम र टीभीका केही कार्यक्रम प्रसार गर्नसकिन्छ । अन्य माध्यमका प्रसारकहरूसँग सहकार्य गर्नुपर्छ । ३) यो प्रविधिलाई लोकप्रिय बनाउनका लागि मानिसहरूलाई यसमा बानी पार्न र यसको फाइदा बुझाउन शहरका मुख्यमुख्य भाग र जिला सदरमुकामहरूमा पनि श्रवण केन्द्र राखिनुपर्छ जहाँ मानिसहरू एक छिन आराम गर्दै रेडियो सुन्न सकुन् ।
कुनै पनि सूचना उपयोगी तबमात्र हुन्छ जब त्यो सूचना जसलाई चाहिएको छ त्यसकहाँ सस्तो दरमा र छिटो पुग्छ । सूचना मानिसका दैनिक जीवनसँग सान्दर्भिक तथा उनीहरूको दैनिक खाँचो पूरा गर्ने हुनुपर्छ । सूचनालाई आम जनताले सजिलैसँग बुझ्न र उपयोग गर्न सकिने गरी प्रस्तुत गरिनर्ुपर्छ । सूचना मानिसलाई सामाजिक, आर्थिक तथा राजनीतिक प्रक्रियामा सामेल हुन र नीति निर्माणमा योगदान गर्न सघाउने हुनुपर्छ । मानिसहरू सूचनाका एक मात्र स्रोतमा भर्रपर्न वाध्य हुनु हुँदैन । उसले चाहेको सूचना आफूले चाहेको माध्यमबाट पाउनर्ुपर्छ । सूचना पाउने उपायहरू उसको क्षमताले किन्न र बुझ्नसक्ने हुनुका साथै सांस्कृतिक र सामाजिक रूपले पनि स्वीकार्य हुनुपर्छ । नेपालमा सफल प्रयोग भएका विकास संचारका परम्परागत प्रयासहरूसँग सूचना तथा संचार प्रविधिको मेल गराउन सकियो भने नयाँ र पुरानोको मश्रति प्रविधि अझै प्रभावकारी हुनसक्छ ।
समग्रमा विकास संचारलाई सकेसम्म तल्लो तहका मानिसहरूसम्म पुर्याएर यसलाई बढी प्रभावकारी बनाउन राज्यबाट नीतिगत र कानुनी उपाइहरू गर्न बाकी नै छ साथै अहिलेसम्मको अनुभवबाट सिकिएका कुरालाई लागू गर्नुपर्छ । सामुदायिक माध्यमहरूमाथि समुदायका माथिल्ला वर्ग, टेक्नोक्रेट, सामाजिक कार्यकर्ता, राजनीतिक नेता तथा अरु खालका अगुवाहरूको नियन्त्रण गर्ने, आफूलाई अनुकूल हुने गरी प्रयोग गर्ने प्रवृत्तिबाट मुक्त गर्नु जरुरी छ । डिजिटल प्रविधिमात्र होइन इलेक्ट्रोनि प्रविधि र ती दुई प्रविधिको मेलबाट गरिने प्रयासहरूको सम्बन्धमा राज्यले अझसम्म स्पस्ट नीति र ऐनकानुन बनाएको छैन । धेरै कुरा व्यक्ति र संस्थाको रहर र सदासयमा चलिरहको छ । यस्तो स्थिति लामो समयसम्म रहनु राम्रो होइन ।
अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिन र सन्धि सम्झौता घोषणाहरूमा सही गर्न नेपाल जहिले पनि अगाडि नै देखिन्छन् । सूचना समाजको विश्व सम्मेलन (WSIS) मा पनि नेपालले उत्तिकै तत्परताका साथ सहभागिता मात्रै होइन प्रतिवद्धता पनि जनाएको छ । तैपनि नेपाली राजनीतिको अहिलेको प्रवृत्ति तथा दूरसंचारका पूर्वाधारहरूमाथि विद्रोहीहरूको निरन्तरको हमला साथै स्वतन्त्र प्रेसप्रति द्वन्द्वरत दुबै पक्षको असहिष्णु व्यवहारलाई हेर्दा कति बेला नेपाल ज्ञानमा आधारित सूचना समाजको बाटोलाई चटक्क त्यागेर उल्टो दिशातिर हिँडन थाल्नेछ भन्न सकिन्न ।

9/7/07

Happy Teej...



"Teej" is the fasting festival for women. It takes place in August or early September. The festival is a three-day long celebration that combines sumptuous feasts as well as rigid fasting. Through this religious fasting, hindu women pray for marital bliss, well being of their spouse and children and purification of their own body and soul.
Traditionally, the ritual of Teej is obligatory for all Hindu married women and girls who have reached puberty. Exception is made for the ones who are ill or physically unfit. In such circumstances a priest performs the rites. According to the holy books, the Goddess Parbati fasted and prayed fervently for the great Lord Shiva to become her spouse. Touched by her devotion, he took her for his wife. Goddess Parbati, in gratitude sent her emissary to preach and disseminate this religious fasting among mortal women, promising prosperity and longevity with their family. Thus was born the festival of Teej.
The first day of Teej is called the "Dar Khane Din". On this day the women, both married and unmarried, assemble at one place, in there finest attires and start dancing and singing devotional songs. Admist all this, the grand feast takes place. The jollity often goes on till midnight, after which the 24 - hour fast commences. Some women without a morsel of food or drops of water while others take liquid and fruit.
Gaily dressed women can be seen dancing and singing on the street leading to Shiva temples. But the main activities take place around the Pashupatinath temple where women circumambulate the Lingam, the phallic symbol of the lord, offering flowers, sweets and coins. The main puja (religious ceremony) takes place with offerings of flowers, fruits etc made to Shiva and Parbati, beseeching their blessing upon the husband and family. The important part of the puja is the oil lamp which should be alight throughout the night for it is bad omen if it dies away.
The third day of the festival is Rishi Panchami. After the completion of the previous day's puja, women pay homage to various deities and bathe with red mud found on the roots of the sacred Datiwan bush, along with its leaves. This act of purification is the final ritual of Teej, after which women are considered absolved from all sins. The recent years have witnessed alteration in the rituals, especially concerning the severity, but its essence remains. No matter how agonizing the fast may be Nepalese women have and will always continue to have faith in the austerities of Teej.

एउटा पेन्टको कथा

मार्क स्टान्के छिमेकीको घरमा सुतेका थिए । बिहान उठ्दा उनले पाए कि उनको पेन्ट त गायब छ । अब उनी बिना पेन्ट कसरी ओछ्यानबाट उठ्न सक्थे ! त्यसपछि उनलाई तत्काल याद आयो- उनको पेन्टमा ४१ हजार ९३ डलरको चेक पनि थियो, जुन उनले आफ्नो छोरालाई पठाउनु थियो ! चेक बाहेक उनीसँग केही सय डलर र खुद्रा पैसा पनि पेन्टमा घुसाएका थिए । तर बिहान उठ्दा अकस्मात उनको पेन्ट गायब !शुक्रबारको दिन उनी लामो परिश्रमपछि बारमा घुसेका थिए । त्यहाँ उनले मज्जाले रक्सी खाए । त्यसपछि उनको होश गुम ! अझ पैसा र पेन्ट दुबै गायब भएपछि त उनको हंशले ठाउँ नै छाड्यो । तर सोमबार उनले प्रहरीमा इमान्दारीपूर्वक रिपोर्ट लेखाए कि कसरी उनले जाँड खाए, कसरी बेहोसीमा उनी साथीको घरमा आएर सुते र बिहान उठ्दा उनको पेन्ट कसरी गायब भयो !"हामीले यस्ता छक्कलाग्ने अनेक कथा सुनिसकेका छौँ, त्यसैले रक्सी खाएको बेलाको कथा बेग्लै हुन्छ भन्ने हामीलाई लाग्यो," प्रहरी विलियम ग्राहमले भने- "त्यसपछि उनलाई हामीले सोध्यौँ- "तपाइँले यति साह्रो रक्सी किन खानु भयो त ?"प्रहरीको सोधखोजपछि उनलाई अलिअलि याद आयो कि उनले आफ्नो छोरालाई बारमा भेटे तर त्यसपछि के भयो उनलाई थाहा भएन ।स्टान्केले भने- "बिहान मलाई ज्यादै चिसो अनुभव भयो । म कहाँ छु भन्ने त शुरुमा पत्तै भएन । मैले जुत्ता र मोज्जा लगाइरहेको थिएँ । चिसो बिहानीमा आनन्द मान्दै उठ्दा पो थाहा भयो, प्यान्ट नै गायब छ ! ओ माई गड, खोई मेरो प्यान्ट !"स्टान्केका छिमेकी टीम कुजानको कुकुर जोले उनको पेन्ट उनी सुतेकै ठाउँबाट उठाइदिएछ । यसरी कुकुरले अर्काको पाइन्ट चोरेर ल्याएपछि कुकुरका मालिकलाई पनि पर्नु पीर पर्यो । त्यसैले कसैले चोरीको अभियोग लगाउनुअघि नै भेटेको सामान पेन्टसँगै चेक र केही रकम कुकुरका मालिकले पैसाका धनी स्टान्केलाई दुइ पटक फर्काइदिने प्रयास त गरे तर उनी घरमा भेटिएनन् । बुधबारका दिन बल्ल बल्ल छिमेकी कुजानले भेटिएका पैसा र पेन्ट प्रहरीलाई जिम्मा लगाउनेबारे सोचे । प्रहरीले सोमबार नै स्टान्केको पेन्ट हराएको रिपोर्ट लेखिसकेकाले प्रहरीले स्टान्केलाई खबर गरेर पेन्ट र पैसा जिम्मा लगाए ।रोचक छैन त पेन्ट हराऎको सूचना !!