6/24/08

त्रिविको चाला

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह प्रथम बर्षको परीक्षाफल परीक्षा दिएको ९ महिनाभन्दा बढी समय लिएर प्रकाशन गरेको छ । बीबीएस र बीएको परीक्षाफल निस्केको थाहा पाएर कार्यालयको वेवसाइट हेर्न जाने विद्यार्थी यस्तो हेर्न बाध्य भए ।एसएलसी र प्लस टूको परीक्षाफल त अन्य वेवसाइटले पनि राखेका हुन्छन् । साथै विभिन्न पत्रपत्रिकाले पनि प्रकाशन गरेका हुन्छन् । त्रिविको परीक्षाफल न अन्य कुनै वेवसाइटमा हेर्न सकिन्छ न त कुनै पत्रिकाले नै प्रकाशन गर्छन् । नतीजा हेर्ने एक मात्र माध्यम http://www.tuexam.edu.np/ हो तर यसमा पनि नतीजा अपडेट नगरिनुले बिद्यार्थीहरु असाध्यै मर्कामा पर्ने गरेका छन् । यसपाली परीक्षाफल पनिका परिसर बल्खुमा टाँसिएपनि यातायात बन्दका कारण यहाँ पुग्न निकै सास्ती भयो । राजधानीमा अध्ययन गर्ने मजस्ता विद्यार्थीलाइ त यस्तो भयो भने मोफसलका विद्यार्थीलाइ कस्तो भयो होला ? नतीजा प्रकाशन गर्न करिव १ बर्ष लगाउने त्यसमाथि यस्तो अव्यवस्थित प्रकाशन । यी कमजोरी हटाउन त्रिविले कहिले कदम चाल्ला ?

पनिका परिसर बल्खुमा टाँसिएको परीक्षाफल हेर्दै विद्यार्थीहरु

0 comments:

Post a Comment