9/7/07

एउटा पेन्टको कथा

मार्क स्टान्के छिमेकीको घरमा सुतेका थिए । बिहान उठ्दा उनले पाए कि उनको पेन्ट त गायब छ । अब उनी बिना पेन्ट कसरी ओछ्यानबाट उठ्न सक्थे ! त्यसपछि उनलाई तत्काल याद आयो- उनको पेन्टमा ४१ हजार ९३ डलरको चेक पनि थियो, जुन उनले आफ्नो छोरालाई पठाउनु थियो ! चेक बाहेक उनीसँग केही सय डलर र खुद्रा पैसा पनि पेन्टमा घुसाएका थिए । तर बिहान उठ्दा अकस्मात उनको पेन्ट गायब !शुक्रबारको दिन उनी लामो परिश्रमपछि बारमा घुसेका थिए । त्यहाँ उनले मज्जाले रक्सी खाए । त्यसपछि उनको होश गुम ! अझ पैसा र पेन्ट दुबै गायब भएपछि त उनको हंशले ठाउँ नै छाड्यो । तर सोमबार उनले प्रहरीमा इमान्दारीपूर्वक रिपोर्ट लेखाए कि कसरी उनले जाँड खाए, कसरी बेहोसीमा उनी साथीको घरमा आएर सुते र बिहान उठ्दा उनको पेन्ट कसरी गायब भयो !"हामीले यस्ता छक्कलाग्ने अनेक कथा सुनिसकेका छौँ, त्यसैले रक्सी खाएको बेलाको कथा बेग्लै हुन्छ भन्ने हामीलाई लाग्यो," प्रहरी विलियम ग्राहमले भने- "त्यसपछि उनलाई हामीले सोध्यौँ- "तपाइँले यति साह्रो रक्सी किन खानु भयो त ?"प्रहरीको सोधखोजपछि उनलाई अलिअलि याद आयो कि उनले आफ्नो छोरालाई बारमा भेटे तर त्यसपछि के भयो उनलाई थाहा भएन ।स्टान्केले भने- "बिहान मलाई ज्यादै चिसो अनुभव भयो । म कहाँ छु भन्ने त शुरुमा पत्तै भएन । मैले जुत्ता र मोज्जा लगाइरहेको थिएँ । चिसो बिहानीमा आनन्द मान्दै उठ्दा पो थाहा भयो, प्यान्ट नै गायब छ ! ओ माई गड, खोई मेरो प्यान्ट !"स्टान्केका छिमेकी टीम कुजानको कुकुर जोले उनको पेन्ट उनी सुतेकै ठाउँबाट उठाइदिएछ । यसरी कुकुरले अर्काको पाइन्ट चोरेर ल्याएपछि कुकुरका मालिकलाई पनि पर्नु पीर पर्यो । त्यसैले कसैले चोरीको अभियोग लगाउनुअघि नै भेटेको सामान पेन्टसँगै चेक र केही रकम कुकुरका मालिकले पैसाका धनी स्टान्केलाई दुइ पटक फर्काइदिने प्रयास त गरे तर उनी घरमा भेटिएनन् । बुधबारका दिन बल्ल बल्ल छिमेकी कुजानले भेटिएका पैसा र पेन्ट प्रहरीलाई जिम्मा लगाउनेबारे सोचे । प्रहरीले सोमबार नै स्टान्केको पेन्ट हराएको रिपोर्ट लेखिसकेकाले प्रहरीले स्टान्केलाई खबर गरेर पेन्ट र पैसा जिम्मा लगाए ।रोचक छैन त पेन्ट हराऎको सूचना !!

0 comments:

Post a Comment