9/13/09

म्युजिक भिडियोमा पनि नक्कल

नेपाली सिनेमा उद्योगमा भारतीय सिनेमाहरूको प्रभाव परेको भन्ने कुरा त हामीले सुनेकै हो र अनुभव पनि गरेकै हो । यसो हे्र्दै जाँदा म्युजिक भिडियोमा पनि नक्कल देखियो । हुन त म त्यति धेरै म्युजिक भिडियोको दर्शक होइन तर पनि हेर्दा एउटा नेपाली म्युजिक भिडियोको कथामा हिन्दी गीतको दुरूस्तै नक्कल देखियो । हिन्दि फिल्म शएल (एतबार) को 'सोनिये हिरिये...' बोलको गीतको भिडियोको दुरूस्तै प्रभाव शिशिर योगीले गाएको 'हाँस्नलाई ओठ खोले...' को म्युजिक भिडियोमा देखियो । योगीले गाएको यो गीतको म्युजिक भिडियोको निर्देशन गोविन्द नेपालले गरेका हुन् । धेरै नलेखुँ, यी दुवै भिडियो हेर्नुस् अनि थाहा हुन्छ ।