5/23/08

माइनस जिन्दगी........

जिन्दगीहरु धेरै प्रकारका हुँदा रैछन् । अचेल मलाइ माइनस जिन्दगीको भूतले छुन थालेको छ । माइनस जिन्दगी भनेको के हो भन्ने कुरामा म स्पष्ट छैन । तर पनि यो शब्दप्रति मलाइ विचित्रको मोह जाग्दैछ । मेरो कार्यालयका सहकर्मी दाइ विनयले गजबको परिभाषा दिनुभयो माइनस जिन्दगीको ।
जब मानिस प्रेममा पर्न लागेको हुन्छ वा कसैलाइ मन पराउँछ तब उसमा विचित्रको क्रियसन आउँछ रे । तर जब उ प्रेममा फँस्छ तब उसकी प्रेमिका कसैसँग बोल्दा, हाँस्दा वा हिड्दा पनि उसको मनमा पीडा हुन्छ रे । उसको एक कल नआउँदा वा एसएमएस नआउँदा पनि उसले आफ्नो जीवनलाइ माइनस महसुस गर्छ रे । तपाइलाइ के लाग्छ नि माइन जीन्दगीको बारेमा, यसो थाहा पाए कसो होला ?

0 comments:

Post a Comment