1/10/08

लोडसेडिङ दिनको छ घण्टा

नेपाल विद्युत् प्राधिकरणले आज बिहीबारदेखि लागू हुने गरी लोडसेडिङको समयमा भारी वृद्धि गरी साताको ३६ घण्टा पुर्‍याएको छ। बुधबारसम्म प्राधिकरणले साताको १५ घण्टाका दरले विद्युत् कटौती गर्दै आएको थियो। चार दिनको अन्तरमा प्राधिकरणले विद्युत् कटौती दोब्बर बढाएको छ। प्राधिकरणले गएको आइतबारदेखि लोडसेडिङ बढाएको थियो।साताको छ दिन दिनको साढे २ घण्टाका दरले लोडसेडिङ हुँदै आएकोमा आजदेखि दिनको ६ घण्टाका दरले विद्युत् कटौती हुने भएको छ। यस्तै साताको एक दिन भने विद्युत् कटौती नहुने भएको छ।चिसो तथा सुक्खा मौसमका कारण नदीहरूमा जलस्तर दिनप्रतिदिन घट्दै गएकाले आयोजनाहरूबाट विद्युत् उत्पादनमा आधा कटौती भएपछि माग र आपूर्तिमा व्यापक असन्तुलन आउ“दा लोडसेडिङ बढेको प्राधिकरण भारप्रेषण विभागका प्रमुख शेरसिंह भाटले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।चिसोका कारण बिजुलीको माग अत्यधिक बढ्न थालेको तथा उत्पादनमा भने व्यापक ह्रास आएकाले हाल दैनिक १० लाख युनिट बिजुली आपूर्ति कम भई यो अवस्था आएको भाटले बताउनुभयो।उहाँका अनुसार नेपालको सबैभन्दा ठूलो १ सय ४४ मेगावाटको कालीगण्डकी ए जलविद्युत् आयोजनाको उत्पादनमा आधा ह्रास आएर हाल ६६ मेगावाट मात्र बिजुली उत्पादन भइरहेको छ। यसअघि प्राधिकरणले पुस महिनासम्म विद्युत् आपूर्ति नघट्ने पूवानुमान गरेको भए पनि चार दिनमा लोडसेडिङको समय दोब्बर बढाएको छ।गएको भदौमा र्सार्वजनिक गरेको तथ्यांकमा यो वर्षो सुक्खायाममा विद्युत्को माग बढेर ७ सय १४ मेगावाट पुग्ने अनुमान गरेको थियो तर हाल बिजुलीको माग सोभन्दा बढ्दै गएको र उत्पादनमा भने गिरावट आएको छ।

0 comments:

Post a Comment